प्रतिनिधि सभाको बैठक आज पनि स्थगित

Jhalkonepal

काठमाण्डाै , चैत २८

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

सांसदहरूको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते बस्ने भन्दै सभामुख देवराज घिमिरेले संसद्को कार्यसूचीमा भएका सबै विषय हटाइएको जानकारी दिनुभयो ।

आजकाे बैठक शुरु हुनासाथ कांग्रेसस हितका विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । सांसदहरूको विरोधपछि सभामुख घिमिरेले सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउनुभयो । आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणकाे छानबिन रोकेको आरोप लगाउनुभयो ।

यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी समस्याबारे सरकारले छानबिन नगरेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको बताउनुभयो । सत्तारूढ दलका सांसदले पनि सहकारीको छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् ।

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरेअनुसारको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति नै बनाउन माग गर्नुभयो ।

प्रतिक्रिया