निमोनियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस

Jhalkonepal

काठमाण्डौ कार्तिक २७

आज नोभेम्बर १२ तारिख, निमोनियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले तय गरेको ‘निमोनिया रोकथामका लागि लडाइँ अभियान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

सन् २००९ देखि मनाउन थालिएको दिवस त्यसयता हरेक वर्ष नोभेम्बर १२ तारिखका दिन मनाउने गरिएको छ । दिवसका अवसरमा निमोनिया र यसबाट बच्ने उपायका बारेमा विभिन्न चेतनामुलक कार्यक्रम हुँदै आएका छन् ।

निमोनिया भनेको फोक्सोमा हुने सङ्कमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हान्ने हुन्छ । कडा निमोनियाले मानिसको ज्यानसमेत जान सक्छ । निमोनियालाई बालमृत्युको सबैभन्दा ठूलो कारण मानिन्छ ।

प्रतिक्रिया