तनहुँ, फागुन ७
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बरादी-हिलेखर्कबाट जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घट्नाका सम्बधमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
६ फाल्गुण २०८०, सोमबार ०९:०३ मा प्रकाशित