काठमाडौँ , साउन ५
चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालको पहिरोमा परी त्रिशूलीमा
खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ ।
उद्धारमा सहयोगका लागि नेपाल सरकारले अनुरोध गरेपछि भारतबाट १२
जनाको उद्धार टोली सिमलताल आएका हुन् ।
उद्धार टोली शनिबारदेखि नै सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा
खटिने गृहमन्त्रलायको विपद् महाशाखाले जानकारी दिएको छ।
गत असार २८ गते सिमलतालस्थित सिँदुरे
खोलाको भेलबाढीमा परी त्रिशूलीमा खसेको दुइटा बस अझै फेला परेको छैन भने दुई बसमा
सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए । नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २३ यात्रुको
शव भेटिएको छ ।
४ साउन २०८१, शनिवार १०:५१ मा प्रकाशित