काठमाडौं, भदाै २
बिक्री चाप बढेपछि आइबार नेप्से
परिसूचक ३४.४७ अङ्कले घटेको छ । नेप्से ३ हजार बिन्दु माथिले बृद्धि भएपछि
अल्पकालिन लगानीकर्ताहरू हाबी हुँदा बजार ओरालो लागेको हो ।
यो दिन १.१४ प्रतिशतले घटेको परिसूचक
२ हजार ९ सय ६६.३३ बिन्दुमा पुगेर थामिएको छ । नाफा बुक गरेर छोटो समयमै बजारबाट
बाहिरिनेहरूका कारण नेप्से परिसूचक ओरालो लागेको भए पनि कारोबार रकम भने उत्साहजनक
रहेको छ ।
कारोबार रकमका आधारमा बजारमा क्रेता र
बिक्रेता दुबै सक्रिय भएको देखिन्छ । आज सेन्सेटिभ इन्डेक्स १.२४ प्रतिशतले
घटेर ५२८.८५ बिन्दुमा पुगेको छ भने फ्लोट इन्डेक्स १.०९ प्रतिशत घटेर २०४.६२
बिन्दुमा पुगेको छ ।
यसैगरी ०.८५ प्रतिशतले घटेको
सेन्सेटिभ फ्लोट इन्डेक्स १७५.२२ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर ३३० धितोपत्रको
६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर २८ अर्ब ८३ करोडमा खरिद बिक्री भएको
छ ।
आइतबार भएका चार ओटा कम्पनीको शेयर
मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन
नेपाल, मल्टीपर्पस
फाइनान्स र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको
तुलनामा आज १० प्रतिशत वृद्धि भएको हो ।
त्यस्तै, नेपाल फाइनान्सको शेयरमूल्यमा
नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १०
प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ८६३ रुपैयाँमा झरेको छ।
आइतबार पनि हिमालयन रिइन्स्योरेन्स
कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको छ । यस कम्पनीको शेयर ८२ करोड १४ लाख
बराबरको कारोबार भएको हो ।
हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य
प्रतिकित्ता ९५८ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने
दोस्रोमा अपि पावर कम्पनीको ७८ करोड ७६ लाख बराबरको भएको छ। कारोबारमा आएका १३ समूहगत
सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ ।
तीमध्ये होटल तथा पर्यटन समूहको सूचक
सबैभन्दा बढी ४.४९ प्रतिशत घटेको छ भने बैंकिङ्ग समूहको सूचक ०.८४ प्रतिशत वृद्धि
भएको छ।