काठमाण्डौ, भदाै १
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
दुवै नेताबीच शनिबार
प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रतिनिधिसभाबाट टीआरसी
विधेयक पारित भइसकेपछि ओली र देउवाले पहिलोपटक भेटवार्ता गरेका हुन्।
भेटका क्रममा सरकारले
गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा साथै समसामयिक राजनीतिका बारेमा जानकारी
आदानप्रदान गर्ने कामसमेतको छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले बतायो।
३२ साउन २०८१, शनिवार ०४:४७ मा प्रकाशित