काठमाडौ मंसिर १३
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
डा. राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा जानुभएको हो ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
१२ मङ्सिर २०८१, बिहिबार ०१:५० मा प्रकाशित