टी–२० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा

Jhalkonepal

    काठमाण्डाै , कात्तिक ११


   टी–२० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

 टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

टोलीमा परिवारलाई समय दिने भन्दै त्रिदेशीय टी–२० शृङ्खला नखेलेका सन्दीप लामिछाने पनि टोलीमा समेटिएका हुन् । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट सोमवारदेखि आउँदो २० गतेसम्म नेपालको मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।  टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ । 

प्रतिक्रिया