काठमाडौँ : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार ५०० रुपैयाँ र चाँदी ३३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
२ जेठ २०८३, आईतबार ०१:२१ मा प्रकाशित