काठमाडौँ, जेठ १७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से
परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९
दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ । ठूला कम्पनीको
कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ७०
दशमलव १९ मा सीमित भएको छ । कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर रु चार अर्ब
२१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो । नेप्सेका अनुसार
नेपाल फाइनान्स, अप्पर
लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई
सकारात्मक सर्किट लागेको छ । मनकामना इन्जिनियरिङ नौ दशमलव ९८ र युनिलिभर नेपालका
लगानीकर्ताले नौ दशमलव ५० प्रतिशतले कमाएका छन् । पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन सात
दशमलव शून्य आठ, बाराही
हाइड्रोपावर छ दशमलव ७४, नेपाल वेयरहाउस कम्पनी पाँच दशमलव ९६ र कालिका लघुवित्तका
लगानीकर्ताले पाँच दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।