काठमाण्डौ,कार्तिक २४
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११०औँ
जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
गणेशमान सिंह प्रतिष्ठानले
रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्नेछ। फाउण्डेसनले जिल्ला-जिल्लामा पनि
कार्यक्रम गर्न लागेको छ।
भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह
वाटिकामा मानवअधिवारवादी नेता प्रा. कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ।
सिंहलाई नेपाली राजनीतिमा त्याग र निष्ठाको उच्च उदाहरणका रूपमा लिइन्छ।
काठमाडौंको खानदानी परिवारमा १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा
जन्मिएका सिंह १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को
सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए। जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको
घोषणा गर्ने गणेशमान सिंह आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका थिए।
नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो।
२३ कार्तिक २०८१, शनिवार ०८:५७ मा प्रकाशित