खेलकुद ब्यूरो, असोज २०
भारतमा जारि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले आफ्नो पहिलो खेलमा जित हात पारेको छ । धर्मशालामा आज भएका खेलमा अफगानिस्तानलाइ ६ विकेटले पराजित गर्दै बंगलादेशले २ अंक जोडेका छ ।
टस जितेर फिल्डिग रोजेको बंगलादेशले कसिलो बलिंग गर्दै अफगानिस्तानलाइ ३८ औ ओभरमा १५६ रनमा अल आउट गरेको थियो । अफागानिस्थानको तर्फबाट रहमानुल्लाह गुरवाजले ४७ रन, जरदान २२, ओमराजाइ २२, रहमत शाह १८ र हस्मीतुल्लाह शाहिहले १८ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका तर्फबाट बलिंगमा सकिब अल हसन र मेहन्दी हसनले ३,३ विकेट लिएका थिए भने सोर्फुल इशलामले २ विकेट लिएका थिए ।
१५७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको बंगलादेशले ३५ औ ओभरमा ४ विकेट गुमाउर लक्ष्य पुरा गरेको थियो । बंगलादेशका तर्फबाट मेहन्दी हसनले ५७ र नजिमुल हसनले ५९ रन बनाएका थिए ।
यस्तै आजको दोस्रो खेलमा श्रीलंका र दक्षिण अफ्रिका विचको खेल अहिले चलिरहेको छ । टस जितेर फिल्डिंग रोजेको श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेको छैन । दक्षिण अफ्रिकाले ३३ औ ओभर चलिरहदा २ विकेट गुमाएर २२६ रन बनाइसकेको छ।