धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

Jhalkonepal

काठमाडौँ,  मङ्सिर ८,

  काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किPको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो ।  

 सम्पूर्ण यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर  धनगढी तर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया