नेवार समुदायकाे सिथि नखः पर्व

Jhalkonepal


काठमाडाैं जेठ १८ 

नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यो पर्वमा नेवार समुदायले पानीका मुहान, इनार, कुवा, पोखरी, धारालगायत सरसफाइ गर्छन् ।

मनसुन भित्रिएपछि पर्ने पानी अर्थात् बर्खामा बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यो पर्वको मुख्य विशेषता हो ।

साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।


प्रतिक्रिया