इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा

Jhalkonepal

काठमाडौं,असाेज २३

 इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीकाे सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।सयैगरी परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी गरेकाेछ र मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने समेत निर्णय भएको छ । 


प्रतिक्रिया