काठमाडौँ : गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मोल भने २५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ३०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
२६ बैशाख २०८३, आईतबार ११:१३ मा प्रकाशित