मंसिर ७ , काठमाडौं
मकवानपुर केन्द्रबिन्दु भएर भुइँचालो गएको छ।
मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर आज बिहान १ बजेर १९ िमनट जाँदा ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको मापन केन्द्रले जनाएको छ।
मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए। तथापी भौतिक क्षति भने नभएको खबर थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले बताएका छन्।
६ मङ्सिर २०८०, बिहिबार ०७:२७ मा प्रकाशित