काठमाडौं, माघ १२
अनेरास्ववियु (क्रान्तिकारी)को भावी
नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
नेकपा
माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन
अन्तर्गत भावी नेतृत्वका लागि आज निर्वाचन हुन लागेको हो ।
निर्वाचन
समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सात भौगोलिक सहित दुई गैरभौगोलिक
प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ।
नयाँ नेतृत्वका लागि पाँचजनाले
दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच
प्रतिस्पर्धा हुनेछ।
अखिल
क्रान्तिकारीमा एक अध्यक्ष, ९
उपाध्यक्ष, एक
महासचिव, ९
उपमहासचिव, १२ सचिव
र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन
हुनेछन् ।
११ माघ २०८१, शनिवार ०८:२५ मा प्रकाशित