काठमाडौं, भदाै २
परराष्ट्रमन्त्री आरजु राणा देउवा
भारत प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत
प्रस्थान गर्नुभएको हो । उहाँले पाँच दिन भारत भ्रमणमा बिताउनु हुनेछ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको
निमन्त्रणामा राणा भारत जानुभएको हो । भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी
जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । दुई देशबीचको हितका लागि सम्बन्ध
सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र
भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको मन्त्रालयले उल्लेख
गरेको छ ।
१ भदौ २०८१, आईतबार ०२:०० मा प्रकाशित