इस्लाम धर्मावलम्बीहरू इद उल फित्र (ईद) मनाउदै

Jhalkonepal

काठमाण्डाैं , चैत २९

इस्लाम धर्मावलम्बीहरूले इद उल फित्र (ईद) आज मनाउदै छन । मुसलमान समुदाय  मस्जिदमा भेला भएर सामूहिक रुपमा आज नमाज पढ्ने प्रचलन छ । नमाज पढिसकेपछि एक आपसमा शुभकामना र आशिर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा छ ।

इदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ ईद मनाउने गर्दछन् । हिजरी संवतको रमदान महिनाभर निराहार रोजा अर्थात व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने र शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

इद उल फित्र ईदकाे अवसरमा आज सरकारले सार्वजनिक विदा दिएकाे छ ।

प्रतिक्रिया