काठमाडौँ भदाै १७
नेप्से परिसूचक सोमबार
एकैदिन १२७.३२ अंकले बढेर बन्द भएको छ। आठ कारोबार दिनको करेक्सनपछि बजार उच्च
अंकले बढेको हो।
यस दिन नेप्से परिसूचक
४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा बन्द भएको छ। १३ अर्ब १० करोड ४६ लाख
रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
२३९ कम्पनीको सेयर
मूल्य बढेको छ। पाँच कम्पनीको सेयर मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य १०
प्रतिशतले वृद्धि भएको छ।
कारोबारमा आएका १३ वटै
समूहको परिसूचक बढेको छ। परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ।
१६ भदौ २०८१, सोमबार ०४:३६ मा प्रकाशित