रिहा भए पक्राउ परेका लघुवित्तका ऋणीहरु

Jhalkonepal

 काठमाडाैं , फागुन १७

संसद भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरु रिहा भएका छन् ।देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरु १४ फागुनमा संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए ।

प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभएकाे छ । 

प्रतिक्रिया