एकीकृत समाजवादीको जारी महाधिवेशनमा आजदेखि नेतृत्व चयनको प्रक्रिया सुरू

Jhalkonepal

काठमाडौँ, असार १९

नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्वको चयन प्रक्रिया सुरु हुने भएको छ ।

प्रतिवेदनहरुमाथि विभिन्न समूहमा भएको सामूहिक छलफलको निष्कर्ष पेश गरेलगत्तै नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको हो ।

महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । अध्यक्ष र महासचिवसहितका महत्वपूर्ण पदमा सर्वसम्मतीको प्रयास भइरहेको छ । अन्य पदमा भने निर्वाचन हुने पोलिटब्यूरो सदस्य राममणि पोख्रेलले जानकारी दिए ।

आज निर्वाचनको प्रक्रिया सुरु भएपनि मतदान भने भोलि मात्रै हुने पोख्रेलले बताए । विद्युतीय मेसिनबाट मतदान गरिने समाजवादीले जनाएको छ ।

महाधिवेशन भोलि सक्ने कार्यतालिका छ ।

प्रतिक्रिया