काठमाडौं,मंसिर १
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य
बढाएको छ । निगम सञ्चालक समितिको हिजो शुक्रवारको बैठकले मध्यरातदेखि लागू हुने
गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि
प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा
एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र
दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त
नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २।५४ ले बढेर
आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
पेट्रोलको मूल्य भने बढेको छैन ।
३० कार्तिक २०८१, शनिवार ०९:०१ मा प्रकाशित