काठमाण्डौ, जेठ २९
धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै चार सय जना गिरफ्तार भएका छन्।
यसरी गिरफ्तार भएका मध्य तीन सय ३० जना कागजात नभएका आप्रवासी छन्। अन्य एक सय ७० जनालाई तोडफोडका कारण गिरफ्तार गरिएको ट्रम्प प्रशासनले जनाएको छ।
प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन चार हजार राष्ट्रिय सुरक्षा गार्ड र चार सय समुद्री सेना तैनाथ गरिएको थियो। लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण स्थिति असहज बनेको बताएकी छिन्। उनले शान्त रहेको सहरमा शुक्रबार आप्रवासी धरपकड सुरु गरेर अशान्त बनाएको आरोप लगाएकी हुन्।
२९ जेठ २०८२, बिहिबार ०६:०० मा प्रकाशित