पुर्वमा मौसममा क्रमिक सुधार

Jhalkonepal

काठमाण्डौ, बैशाख ३१

देशको पुर्वी भेगमा आजदेखि मौसममा क्रमिक सुधार हुने भएको छ । महाशाखाका मौसमविद चिरञ्जीवि भेटवालकाअनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन ।

 हिजो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षा भएको थियो । अघिल्लो हप्ता आइतवारदेखि लगातारजसो पानी परिरहेको थियो । आज विहानै देखि सुनसरी मोरंग आसपास तराईका जिल्लामा बर्षा रोकिएर घाम लागेको छ । पहाडी जिल्लाहरुमा भने हल्का बर्षा हुन सक्नेछ । 

दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया