त्रिशूली बस दुर्घटना: मृत्यु हुनेको संख्या ६ पुग्यो

Jhalkonepal

काठमाडाैं , फागुन २३

धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ज्यान गुमाउनेहरूकाे सनाखत हुनसकेकाे छैन । दुर्घटनामा ३८ जना यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारकाे लागि काठमाण्डाै लगिएकाे तथा अरुहरुकाे  गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जानकारी दिएकाे छ ।

कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेट जाँदा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । 

प्रतिक्रिया