तीनकुनेको हिंसात्मक क्रियाकलापमा संलग्नहरूमाथि कठोर भएर प्रस्तुत हुन प्रधानमन्त्रिको निर्देशन

Jhalkonepal

काठमाडाै, चैत १६

शुक्रबार तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान हुने भएको छ ।

शुक्रबार रातिको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल भएको थियो । शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन गर्न थालिसकेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको विमति नभएपछि विरोधसभाका नाममा शुरु भएको तोडफोड र दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर भएर प्रस्तुत हुन गृहप्रशासनलाई निर्देशन दिएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया