काठमाडौं,साउन ३१
संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन
समिति र शिक्षा,
स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज
बस्दैछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११
बजे बस्नेछ ।
बैठकमा भ्रष्टाचार
निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा
छलफल हुनेछ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना
प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी
उपसमितिको प्रतिवेदन पेस हुनेछ । उक्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीसमेत छ ।
बैठक दिउँसो ३ बजेका
लागि बोलाइएको छ ।
३० साउन २०८१, बिहिबार ०८:४० मा प्रकाशित