चितवन, चैत ११
गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागि परेको दाबी गर्नुभएको छ । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी पीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताउनुभयो । सहकारीको पैसा अपचलन गर्नेको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उहाँले बाचा गर्नुभएको छ ।
गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताउनुभयो । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई पक्राउ गर्नको लागि सरकारले पूरै शक्ति परिचालन गरेको उहाँले बताउनुभयो ।
१० चैत २०८०, आईतबार ०५:०८ मा प्रकाशित