सप्तरी, सावन १८
लागु औषध कारोवारीलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गर्नु परेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका(१ बडिबिरपुरमा आज विहान साढे ११ बजे तिर मा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरुसँग दुई सय ग्राम ब्राउन सुगर भेटेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् ।
१८ साउन २०८२, आईतबार १२:३९ मा प्रकाशित