जनकपुरधाम, कार्तिक
६
धनुषामा स्कूल बसको ठक्करबाट एक बालिकाको
मृत्यु भएको छ ।
मंगलबार बिहान करिब १० बजेको समयमा धनौजी गाउँपालिका- २, गोरदाहास्थित जनज्योती स्कूलको बा ३ प
९०६५ नम्बरको बसले रामजानकी स्कूलमा अध्ययनरत्त आरोही कुमारी मण्डललाई ठक्कर दिएको
थियो ।
बसको ठक्करबाट घाइते भएकी आरोहिको
उपचारको लागि प्रादेशिक अस्पताल, जनकपुरधाममा ल्याएकोमा उपचारको क्रममा करिब ११ बजे मृत्यु भएको
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
यता, बसले बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका
छन् । बस पूर्ण रुपमा जलेरको प्रवक्ता सिंहले बताए ।
५ कार्तिक २०८१, मङ्गलबार ०१:०८ मा प्रकाशित