राष्ट्रिय शोक दिवसः आज देशभर सार्वजनिक बिदा

Jhalkonepal

काठमाडौं— सरकारले ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली स्वरूप आज अर्थात् असोज १ गते देशभर सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा आज सार्वजनिक बिदा दिइएको हो। साथै, राष्ट्रिय झण्डा पनि आधा झुकाइने जनाएको छ।

गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ।”

जेन–जीको नेतृत्वमा भएको आन्दोलनमा हालसम्म ७३ जनाको मृत्यु भएको छ। उनीहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया