१४ किलो सुन प्रकरणमा सरसफाइ सुपरभाइजर पक्राउ

Jhalkonepal

काठमाडौं, मंसिर २८

 १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले समाएको सुन प्रकरणमा सरसफाइ सुपरभाइजर सुशीला पाण्डे पक्राउ परेका हुन । यसअघि मंसिर २१ गते राति ११:४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घले पक्राउ परेका थिए। उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए। 


प्रतिक्रिया