गण्डकी, जेठ १६
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुुई जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुुभएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त हुनुभएका मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुुभएको हो । समारोहमा प्रदेश प्रमुख भट्टले नवनियुक्त आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ र ऊर्जा जलस्रेत खानेपानी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री
विन्दुकुमार थापालाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुुभयो । मन्त्री थापा यसअघि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी बहन गरिसक्नुुभएको थियो ।
१५ जेठ २०८१, बुधबार ०९:२७ मा प्रकाशित