नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

Jhalkonepal

काठमाण्डौ, मङ्सिर ६


नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ। बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि आज बस्न लागेकाे हाे।

 ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वताउनुभएको छ।

एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा दार्चुलाको झुलाघाटबाट सुरू गर्ने भएको छ।


प्रतिक्रिया