देशभर श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइदै

Jhalkonepal

काठमाडौ, भदौ १०

देशभर  श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी’  मनाइँदै छ । । पौराणिक कथनअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ। कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरेको छ। यसैको अवसरमा भोली रथ निकालिन्छ । 

प्रतिक्रिया