अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न हमासलाइ चेतावनी

Jhalkonepal

काठमाडौ , फागुन २२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिनुभएको छ ।

उहाँले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा हमासको कोही पनि सदस्य सुरक्षित नहुने भन्दै चेतावनी दिनुभएको हो ।

ह्वाइट हाउसले बन्धकहरूको बारेमा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासलाई चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेश सचिव क्यारोलिन लेभिटले बन्धकहरूको रिहाइ सुनिश्चित गर्न अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गर्नुभएको हो ।

प्रतिक्रिया