काठमाडौं.चैत ८
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महराले थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेर बयान दिनुभएकाे छ ।
‘दिउँसो १ बजेतिर महरा बयान सकेर उहा अस्पताल फिर्ता हुनुभएकाे हाे ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरिएको थियो ।
७ चैत २०८०, बिहिबार ०५:०३ मा प्रकाशित