काठमाडौँ, साउन १
परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि
भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल
भएको छ । त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको
सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल
सफलताको शुभकामना व्यक्त गर्नु थियो । परराष्ट्रमन्त्री डा. राणाले सोमबार
पद तथा गोपनियताको सपथसँगै पदबहाली गर्नुभएको हो ।
३२ असार २०८१, मङ्गलबार ०५:२५ मा प्रकाशित