सिरहा,कार्तिक २२
सिरहाको एक विद्यालय नजिकैको खेतमा एक युवकको शव फेला परेको छ ।
लहान नगरपालिका-३ रघुनाथपुरस्थित
लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकै खेतमा एक युवकको शव फेला परेको
प्रहरीले जनाएको छ। लहान नगरपालिका-४ बस्ने १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव
उक्त विद्यालयको उत्तरतर्फ रहेको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले
जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक अन्सारीको
शरिरमा घाउचोट केहीपनि देखिएको छैन। मृतक इमरान लागुऔषध सेवनकर्ता रहेको बुझ्न आएको प्रहरीले जनाएको छ।
२१ कार्तिक २०८१, बिहिबार ०१:४४ मा प्रकाशित