प्रधानमन्त्री ओलीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन

Jhalkonepal

काठमाडौँ , भदाै १०

प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । आज बिहान आयोजित कार्यक्रमका बीच उनले सो भवन उद्घाटन गरेका हुन् ।

विसं २०७२ को भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ । यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।

प्रतिक्रिया