ग्यास लिक भएर आगो लाग्दा दाजु बहिनीको ज्यान गयो

Jhalkonepal

काठमाडौ ,जेठ १२

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.-५, जयनगरामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगो लाग्दा दाजु र बहिनीको जलेर मृत्यु भएको छ । 

हिजो बिहान ग्यास चुल्होमा खाना पकाउने क्रममा रेगुलेटरबाट अचानक ग्यास लिक भई आगलागी हुँदा २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोमन यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता तथा डीएसपी मोहनमणि अधिकारीले जानकारी दिनुभयो । 

शिवकुमारको शरीरका ८५ प्रतिशत र सोनमको शरीरका ७५ प्रतिशत जलेको अवस्थामा भैरहवास्थित मेडिकल कजेजमा उपचारका लागि लगिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हिजो दिउँसो डेढ बजे भारतको गोरखपुरस्थित मेडिकल कजेलमा लैजाँदै गर्दा बाटोमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ

प्रतिक्रिया