अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आरधना

Jhalkonepal

काठमाडौँ,मंसिर ३ 

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको  पूजा आरधना गरीएको छ । 

परिवार एवं सन्तानको सुख(समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइर मनाइएकाे छ । छठ पूजा हेर्न देश विदेशबाट श्रद्धालुहरू समेत आउने गरेकाछन । 

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ भने देशमा बिभिन्नभागमा छठ पर्व मनाउन पुजास्थल बनाइछकाछन  । बिशेषगरी तराई क्षेत्रमा छठ धूमधामले मनाइन्छ । आज मधेस प्रदेशमा यसको रौनकता विशेष देखिन्छ । 

विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । 

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकामना पुरा हुने , परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।


प्रतिक्रिया