गुन्डुस्थित नयाँ निवासमा पहिलोपटक सार्वजनिक रुपमा देखिए अध्यक्ष ओली

Jhalkonepal

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन्। पार्टीका नेताहरू र कार्यकर्तासहित उनी नयाँ निवासमा देखिएपछि यसलाई सार्वजनिक उपस्थितिका रूपमा हेरिएको छ।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’पछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली त्यसयता सार्वजनिक रूपमा देखिएका थिएनन्। राजीनामापछि पहिलोपटक उनी पार्टी नेताहरूको उपस्थितिमा नयाँ निवासमा देखिएका हुन्।

ओलीलाई भेट्न पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता गुन्डु पुगेका थिए। भेटघाटमा कुनै औपचारिक कार्यक्रम नभए पनि नेताहरूबीच कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया