जहाजले ठक्कर दिँदा एक जना घाइते

Jhalkonepal

काठमाण्डाै , जेठ १०

मुगुको रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा त्यही विमानस्थलमा कार्यरत एक जना कर्मचारी घाइते भएका छन् ।

यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनअटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा त्यही जहाजका मुगु स्टेशन प्रमुख घाइते हुनुभएको हो ।

जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले उनलाई ठक्कर दिएको मुगु जिल्ला प्रहरी कार्यलयले जानकारी दिएकाे छ । घाइते कर्मचारीलाई सीता एअरकै जहाजमार्फत उपचारका लागि काठमाण्डाै रिफर गरिएकाे छ । यसअघि उहाँलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियाे ।

 

प्रतिक्रिया