लगातार बढिरहेको सुनको मूल्य आज तोलामा कति पुग्यो ?

Jhalkonepal

काठमाडौं, मंसिर १७

सुनकाे  मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

यसअघि बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १ हजार पाँच सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।


प्रतिक्रिया