काठमाण्डौ , फागुन ३०
रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको ज्यान गएको छ । इन्जिनमा आएको खराबीका कारण टेक अफको समयमा विमान दुर्घटना भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ
विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । विमानमा आठ जना
चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए । दुर्घटना रुसको राजधानी
मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको
इभानोभो क्षेत्रमा हिजो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
२९ फाल्गुण २०८०, बुधबार ११:०९ मा प्रकाशित