काठमाडौं, माघ २
नेकपा (माओवादी केन्द्र) ले वोलाएको विपक्षी दलहरूको बैठक सुरु
भएको छ । बुधबार बिहान माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी
दलहरुको बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को
सचिवालय जनाएको छ ।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीलगायत दलका नेताहरुको सभागिता रहेको छ ।
अाजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक पनि बस्दैछ । सो बैठक
एकिकृत समाजवादीको केन्द्रिय कार्यालयमा बस्नेछ ।
अाजै अपरान्ह ४ वजे माअोवादीले पदाधिकारी बैठक पनि बोलाएको छ ।
१ माघ २०८१, बुधबार १०:४७ मा प्रकाशित