काठमाडाैँ, असार २३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले
सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५
गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिनुभयो । उहाँका अनुसार
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा
छलफल हुनेछ । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।
२३ असार २०८१, आईतबार १०:१४ मा प्रकाशित